• ट्रेण्डिङ्ग :
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोविन्द बन्दी नियुक्त

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोविन्द बन्दी नियुक्त


  • 13.5K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 20.8K Views

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोविन्द बन्दी नियुक्त

    काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला)कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेकी हुन् ।

    images

    संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।

    बन्दी कानुनमन्त्री भएपछि उक्त मन्त्रालय सम्हाल्दै आएका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने छन् । यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री देउवाले आफैंसँग राखेका थिए । देउवाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार गजेन्द्र हमाललाई २२ असोजमा मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।

    तर अहिलेको मन्त्रिपरिषदमा रक्षा मन्त्रालयले अझै मन्त्री पाएको छ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि यो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप