सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने


  • 10.8K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.7K Views

    सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने

    काठमाडौं, २४ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न सत्तागठबन्धनको शीर्ष बैठक बोलाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मध्याह्न बोलाइएको बैठकमा गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेता सहभागी हुनेछन् ।

    images

    बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराउने बताइएको छ । केन्द्रबाट गठबन्धनको सैद्धान्तिक निर्णय भएसँगै विभिन्न जिल्लामा सत्ता गठबन्धनले संयन्त्र बनाएर तालमेलको तयारी गरिरहेका छन् ।