काठमाडाैं,२५ चैत्र । नेपाली कांग्रेस बागचौर नगरपालिकाले आगामी स्थानीय तहको निर्वाचनमा बर्तमान गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्न नसकिने सुझाव पठाएको छ । सल्यान जिल्ला बागचौर नगरपालिका कार्यसमति तथा १२ वटै वडा सभापतिहरुको बैठकले स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादी लागायत साना दलहरुसँग चुनावी तालमेल गर्न नसकिने सुझाव सहितको निर्णय पार्टी केन्द्रलाई पठाएको हो ।

त्याहाको स्थानीय सरकारमा माओवादीको नेतृत्व रहेको र कांग्रेस कार्यकर्ताहरुप्रतिको उनीहरुको व्यवहारले मतदाता तथा पार्टी कार्यकर्ताहरुतहमा समेत असन्तुष्टि बढेको नेपाली कांग्रेस बागचौर नगरकार्यसमितिले जनाएको छ । यो अवस्थामा चुनावी एकता गर्न नसकिने सुझाव केन्द्रीय समितिलाई पठाएको छ ।
कांग्रेसका कार्यकर्ता माओवादीबाट पेलिएको, दुख पाएको र आगामी निर्वाचनमा चुनाव जिताउँदा झनै दबदबा बढ्ने र कांग्रेसका कार्यकर्तालाइ दुख दिने भन्दै आम कांग्रेसी मतदाताहरुको मनोवल गिराउने गरी चुनावी तालमेल नगर्ने सुझाव सहितको निर्णय केन्द्रीय समितिलाई पठाएको बागचौर नगरसमिति सभापति दिनेश डिसीले बताए ।
