अन्तर्वार्ता
तालमेल हुन नसक्ने ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुन्छ -प्रवक्ता डा. महत (भिडियाेसहित)

तालमेल हुन नसक्ने ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुन्छ -प्रवक्ता डा. महत (भिडियाेसहित)


  • 13.3K
    SHARES
    • चैत्र २६, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 20.4K Views

    तालमेल हुन नसक्ने ठाउँमा मित्रतापूर्ण  प्रतिस्पर्धा हुन्छ -प्रवक्ता डा. महत (भिडियाेसहित)

    काठमाडाैं, २६ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता एवं स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक डा. प्रकाशशरण महतले सबै ठाउँमा चुनावी तालमेल हुने बताएका छन् । टिभी तेस्रोआँखासँग कुरा गर्दै डा.महतले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनसँग सबै ठाउँ तालमेल हुने र कहीँ कतै भएन भने आन्तरिक सल्लाह अनुसार नै 'फ्रेण्ली' प्रतिष्पर्धा हुने बताएका हुन् । 

    images
     


    ‘गठबन्धनबीच सबै ठाउँमा तालमेल हुन्छ’, महतले भने,‘ अन्तिम सम्ममा कही कतै तालमेल हुन सकेन भने ती ठाउँहरुमा फ्रेण्ली प्रतिस्पर्धा हुन्छ,हामी सल्लाहा गरेरै गर्छाैं ।’ स्थानीय आवश्यकता र परिस्थिति अनुसार तालमेल गर्न मातहतका सबै स.गठनहरुलाई निर्देशन गरिसकेको उनले बताए । गठबन्धन रणनैतिक कुरा भएकाले यसलाई भावनासँग जोड्न नहुने उनको भनाइ छ ।‘गठबन्धनमा आवद्द दलहरुबीच चुनावी तालमेलको मोडेलका विषयमा छलफल हुँदैछ’, उनले भने,‘ आफ्नो प्रभाव र जनआधारको यथार्थलाई गठबन्धनका सबै दलहरुले हेक्का राखेर जानसके सबैलाई फाइदा हुन्छ ।’ आफ्नै एजेण्डामा मात्रै अडिक रहने हो भने त्यसले समस्या आउन सक्ने महतले बताए ।

    गठबन्धनमा मनोनयन गर्ने दिन सम्म रस्सा कस्सीको अवस्था नआओस भन्ने कांग्रेसको धारण रहेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचनको सन्दर्भमा ल्याइएका कतिपय आचारसंहिताहरु अव्यवहारिक भएको त्यस्ता कुरा किन आए भन्ने प्रश्नहरु उठिरहेको उनले बताए  । ‘निर्वाचन आचार संहितमा उल्लेख गरिएका कतिपय कुराहरु अव्यवहारिक छन’, महतले भने, ‘कतिपय विषयलाई व्यवहारिक कोणबाट हेरिनु पथ्र्यो, तर आचार संहिता लागु नै भइसकेकाले नेपाली कांग्रेसले आचारसंहिताका सिमाहरु पालन गर्छ ।’

    देशमा आउन सक्ने सम्भावित आर्थिक समस्याका विषयमा नेपाली कांग्रेसको सरकार संवेदनशिल भएको भन्दै सम्भावति समस्याको आँकलन गरी समस्या आउन नदिन सरकारले छलफल गरिरहेको उनको बताए । देशको समस्याका बारेमा वर्तमान सरकार जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुने महतको भनाइ छ ।