काठमाडाैं,२७ चैत्र । ओखलढुंगामा स्थानीय तह निर्वाचनका लागि गठबनधनभित्र सहमति जुट्न सकेको छैन् । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच पटक पटक छलफल भएपनि कसरी जाने भन्ने शैद्दान्तिक सहमति हुन नसकेको हो ।
माओवादी भित्र स्थानीय तहमा कांग्रेससँग मिलेर जाने विषयमा फरक मत देखिएको छ । नेपाली कांग्रेसभित्र पनि चुनावी तालमेलको विषय सहज नभएको जिल्लास्थित नेताहरुले बताएका छन् । केन्द्रको निर्णय अनुसार चुनावी तालमेल गरेर जानु पर्छ भन्ने नै हो’, नेपाली कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनालले भने, ‘ तर जनमत नै कम भएका साथिहरुले बढी सिट बार्गेनिङ गर्न छाडेनन्, यही समस्या भएको छ ।’ नेपाली कांग्रेसभित्र पनि पालिका प्रमुखको दाबी गर्नेहरुको संख्या निकै भएकाले यो समस्या आएको उनका भनाइ छ ।
बर्तमान सत्ता सहयात्रीबीच चुनावी तालमेल हुने भएपछि नेकपा माओवादी केन्द्र चम्पादेवी गाउपालिका अध्यक्ष खड्गबहादुर कार्की एमालेमा प्रवेश गरिसकेका छन् । उनले पालिकास्तरमा गठबन्धन गर्न नचाहेपनि कांग्रेसँग चुनावी तालमेल गर्ने पार्टीकाे निर्णय भएपछि एमालेमा गएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बाबुराम गौतमले बताए । नेपाली कांग्रेसले केन्द्रीय तहबाट तालमेलको खाकासहित निर्देशन नगरेकाले जिल्ला तहकाे गठबन्धन ढिला भएको उनको भनाइ छ । ‘हाम्रोबाट चुनावी तालमेलको कुरा रोकीदैन’, गौतमले भने,‘ तालमेल भएन भने नेपाली कांग्रेसले नचाहादा रोकीन्छ ।’
गठबन्धनभिका दलहरुबीच कुन स्थानीय तह कस्ले लिने भँन्ने विषयमा कुरा नमिल्दा यो समस्या आएको हो । जिल्लाको लिखु गाउँपालिकामा कांग्रेसले संगठन सुधारगरी जित्ने अवस्थामा पुर्याएकाले माओवादीलाई दिन नसकिने कांग्रेसका स्थानीय नेताहरुले बताएका छन् । मााअेवादीका धेरै नेताहरु एमालेमै गइसकेका र जिल्लाभर माओवादीको संगठन दैनिक घटीरहेको अवस्थामा माओवादीलाई एउटा स्थानीय तहमा चित्त बुझाएर जाने तयारीमा कांग्रेस रहेपनि माओवादीले त्यसलाई स्वीकार गरेको अवस्था छैन ।
२०७४ को निर्वाचनमा जितेको चिशंखुगढी गाउँपालिकामा माओवादीले दावी गरेको छ । माओवादी जिल्ला अध्यक्ष समेत रहेका वर्तमान गाउपालिका अध्यक्ष निशान्त शर्माले चुनाव लड्ने इच्छा गरेकाले चिशंखुगढीमा अध्यक्ष र २ वा ३ वटा स्थानीय तहमा उपाध्यक्ष सहित केही वडा अध्यक्षहरू माओवादीलाई दिएर जान सकिने नेपाली कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनालले बताए । यो वटम लाइनमा अहिले सम्म नेकपा माओवादी केन्द्र मानेको छैन् । चुनावी गठबन्धनका विषयमा पनि माओवादी पार्टी भित्र तिब्र असन्तुष्टि चुलिएको छ । धेरै स्थानीय तहमा एमालेसँग मिल्नु पर्ने स्थानीय कार्यकर्ताको माग छ । कांग्रेस सँगकाे एकताकाे कुराले सुनकाेशी गाउपािलकाका नेता छवी धमला एमालेमा प्रवेश गेर्ने तयारीमा रहेकाे बताइएकाे छ ।
पार्टीले गरेको निर्णयलाई अस्वीकार गर्दै एमाले पद दिने लोभमा केही साथिहरुले पार्टी छाडेपनि गठबन्धनलाई मिहीन ढंगले कार्यन्वायन गर्न माओवादी तयारी अवस्थामा रहेको जिल्ला इन्चार्ज गौतमले बताए । माओवादीका नेताहरु सबै एमालेमा प्रवेश गरिरहेकाले उनीहरु जनमतका हिसावले कमजोर हुँदै गएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले बताए । ‘स्थानीय तहमा माओवादी लाई सँगै लिएर जाने भन्ने नै हो, तर कार्यकर्तालाई पार्टीले रोक्न सकेको छैन्,’ खतिवडाले भने ।
खिजीदेम्बा र मानेभञ्ज्याङ गाउँपालिकामा आफ्नो जनमत बलियो भएका कारण नेतृत्व आफूले पाउनुपर्ने जनता समाजवादीको बुझाइ छ । जसपाले खिजीदेम्बामा गाउँपालिकामा गम्बु शेर्पाको नेतृत्वमा उमेदवारी घोषणा गरिसकेको छ । जसपा स्थानीय तहमा कांग्रेससँग भन्दा एमालेसँग नजिक हुँदै गएको देखिन्छ । तर उसलाई एमाले वा कांग्रेस कसैले पनि स्थानीय तह प्रमुख दिने अवस्था छैन् । सत्ता गठबन्धनसँगै बसे केही वडा र उप प्रमुख सम्म पाउने आश गरेको जसपा काेसँग मिल्दा बढी फाइदा हुन्छ भनेर जोखाना हेर्दै गरेको जसपाका एक नेताले बताए ।
२०७४ सलको स्थानीय चुनावको परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसका मतदाता सबैभन्दा धेरै छन् । सबैका आ–आफ्नो माग रहे पनि केही पालिकामा सहमति गर्न सकिने ओखलढुंगा कांग्रेसका सभापति तेजेन्द्र खनाल बताउँछन्। कम्तीमा पनि दुइवटा गाउँपालिकामा आफूहरुले नेतृत्व छाड्न नसकिने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निशान्त शर्माको भनाइ छ । एकीकृत समाजवादीले भने जिल्ला सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकामा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरिरहेको छ । गठबन्धनमा कुरा मिलेमा लिखु गाउँपालिकामा पुराना नेता नेत्र भट्टराईलाई अध्यक्षका रुपमा प्रस्ताव गर्ने पनि विकल्प रहेको नेकपा एसले जनाएको छ । नगरपालिकामा कांग्रेसले प्रमुख लिएर माओवादीलाइ उपप्रमुख दिएर जान सक्ने अवस्थामा सहमति निजक पुगेकाे बताइएकाे छ ।
गठबन्धनको बैठक तीन पटक बस्दा केन्द्रको परिपत्रअनुसार जाने भन्ने सहमति भएको र अबको बैठकबाट निष्कर्ष निकालिने कांग्रेस सभापति खनालले बताए । केन्द्य्रीय स्तरमै गठबन्धदलहरुबीच कसरी सहमति गर्ने भन्ने रोडम्याप तयार पारेको छैन् ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले माओवादीलाई चिसंखुगढीको अध्यक्ष छाड्न सकिने तर बाँकी बाँकी ७ वटा स्थानीयतहको नेतृत्व कांग्रेसले नछाड्ने बताएका छन् । कांग्रेसका नेताहरुसँग निरन्तर छलफलमा रहेका खतिवडा अहिले पार्टीभित्रका उम्मेदवार मिलाउने र पार्टीमा एकता कायम गर्ने काममा केन्द्रित छन् । नेकपा एसलाई कुनै एक पालिकामा उपाध्यक्ष र केही वडा सदस्यहरु दिएर मिलाउन सकिने तर प्रमुख पद दिन नसकिने कांग्रेसको योजना छ ।
नेकपा एसले लिखु माग गरे पनि माओवादीले लिखुमा गठबन्धन हँदा केन्द्रीय सदस्य बाबुराम गौतम अघि सार्न खोजेको छ । तर कांग्रेसले भने लिखु कुनै पनि हालतमा नछाड्ने र हाल भूमि आयोगका अध्यक्ष रहेका अशोक कार्कीलाई राजिनामा गराएर पालिका अध्यक्ष उठाउने तयारी गरेको छ । कार्की अघिल्लो चुनावमा एमालेका गोविन्द पौडेलसँग झिनो मतले पराजित भएका थिए । वर्तमान सत्ता गठबनधनले चुनावी तालमेल गर्ने शैद्दान्तिक सहमति गरेर अघि बड्ने योजना बाहिरिएपछि अत्तालिएको नेकपा एमाले पनि बाँकी साना दलहरुसँग छलफल चलाइरहेको छ ।
कतिपय माओवादी नेताहरु प्रवेश गराइसकेको एमालेले जसपा लाई पनि सँगै लान चाहेको छ । जसपाको संगठन खिजीदेम्बामा अन्य स्थानीय तहहरुमा भन्दा राम्रो रहेको छ । माओवादीको साइज घट्दै गएकाले चुनावी तालमेललाई सिट संख्यामा बार्गेनिङ नगरी उचित जिम्मेवारी सहित एकता गर्न सहमति हुनुपर्ने नेपाली कांग्रेसले जनाएको छ । जसपा पनि एमालेसँग निकट हुँदै गएको बुझिएको छ । यीनै कारणले गर्दा सत्ता साझेदार दलहरुबीचको चुनावी एकता केन्द्रीय तहबाटै एउटा मापदण्ड बनाएर पठाउने हो भने मिलन सहज होला नत्र को सँग को मिल्छन भन्ने ठेगान छैन् । गठबन्धन दलहरुका लागि यो चुनौतिको विषय पनि हो ।
