काठमाडौँ, मंसिर १२ । नेपाली कांग्रेस दाङको सभापतिमा शंकर प्रसाद डाँगी निर्वाचित भएका छन् । उनि संस्थापन ईतर समुहका हुन् । अर्का प्रत्यासी संस्थापन पक्षका भुपबहादुर डाँगीले उम्मेदवारी फिर्ता लिएपछि डाँगी सभापतिमा चुनिएका हुन् । यसअघि शनिबार भएको मतदानमा चारजना बिच प्रतिष्पर्धा भएको थियो । सभापतिमा निर्वाचित डाँगी बाहेक अन्य तीनै जना संसथापन समुहका थिए ।
तर उक्त मतदानबाट ५१ प्रतिसत मत कुनै पनि उम्मेदवारको पक्षमा नपरेपछि पहिलो र दोस्रो भएका उम्मेदवार बिच आज पुनः मतदान हुने कार्यतालिका थियो । शनिबार भएको मतदानमा शंकर प्रसाद डाँगी पहिलो र भुपबहादुर डाँगी दोस्रो भएका थिए । सभापतिका अन्य दुइ प्रत्यासी मध्य तेस्रो भएका जानकीलाल बस्नेत र चौथो भएका कमलकिशोर घिमिरे बाहिरिएका थिए ।
पहिलो चरणको मतदानमा पहिलो भएका शंकरले ७ सय ७६ मत प्राप्त गरेका थिए भने दोस्रो भएका भुपबहादुरले ५ सय ४६ मत प्राप्त गरेका थिए । यसैगरि तेस्रो भएका जानकीलाल बस्नेतले ४ सय ७१ मत र चौथो भएका कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गरेका थिए ।
आईतबार पुनः सभापतिका लागि दुइ उम्मेदवार बिच मतदान हुने भनिएपनि सभापतिका आकांक्षी भुपबहादुर डाँगीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरि उपसभापतिमा गिरीराज सुबेदी र कमानसिंह भारती बिजयी भए । सचिवमा अर्जुन कुमार योगी र बालिका लम्साल तथा सहसचिवमा राजु आचार्य र सुबोध कुमार डाँगी निर्वाचित भएका छन् । सदस्यहरुको मतगणना भने आज हुँदैछ ।
