• ट्रेण्डिङ्ग :
आयाेगद्वारा डा. शशांक कोइरालासँग निर्वाचन खर्चका विषयमा जवाफ माग

आयाेगद्वारा डा. शशांक कोइरालासँग निर्वाचन खर्चका विषयमा जवाफ माग


  • 8.3K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    आयाेगद्वारा डा. शशांक कोइरालासँग निर्वाचन खर्चका विषयमा जवाफ माग

    काठमाडाैं,२८ चैत्र । निर्वाचन आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग जवाफ मागेको छ । कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।

    images

    आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।

    यस्तै २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचार संहिता उल्लंघन भएको भनेर उजुरी आएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीलाइ केकसो भएको हो तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन भनेकाे छ । स्थानीय तहकाे निर्वाचन निजकीदै गर्दा दल तथा नेताहरूले आचार संहिता उल्लंघन गर्न थालेकाे भन्दै आयाेगले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

  • सम्बन्धित विषय:

  • # डा शशांक काेइरााला

  • तेस्रो आँखा
    लेखकबाट थप