• ट्रेण्डिङ्ग :
रक्तचापबाट  मृत्यु

रक्तचापबाट  मृत्यु


  • 8.8K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    रक्तचापबाट  मृत्यु

    काठमाडौं, २९ चैत्र । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । 
    गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो ।

    images

    कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको थियो ।

    भौगोलिक विकटताले मनाङवासीलाई सामान्य उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता छ ।  जिल्ला अस्पतालमा आवश्यक दक्ष जनशक्ति तथा सामग्री अभाव रहेको जनाइएको छ । समयमा सडक निर्माण गर्न नसक्नुका साथै सवारीसाधन समेतको अभावमा उपचारको पहुँचसम्म पुग्नसमेत समस्या हुने गरेको छ ।


    तेस्रो आँखा