• ट्रेण्डिङ्ग :
नलिञ्चोकमा मोटरसाइकल दुर्घटना,चार महिने शिशुको मृत्यु

नलिञ्चोकमा मोटरसाइकल दुर्घटना,चार महिने शिशुको मृत्यु


  • 7.6K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    नलिञ्चोकमा  मोटरसाइकल दुर्घटना,चार महिने शिशुको मृत्यु

    काठमाडाैं, २९ चैत्र । भक्तपुरको नलिञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु भएको छ । साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२(०२१ प ६७६२ नं।को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेका छन् ।


    तेस्रो आँखा