• ट्रेण्डिङ्ग :
कुनै एक पदमा महिला उम्मेदवार हुनुपर्ने निर्णय निर्वाचन आयोगद्वारा खारेज

कुनै एक पदमा महिला उम्मेदवार हुनुपर्ने निर्णय निर्वाचन आयोगद्वारा खारेज


  • 3.9K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    कुनै एक पदमा महिला उम्मेदवार हुनुपर्ने निर्णय निर्वाचन आयोगद्वारा खारेज

    काठमाडौं, २९ चैत्र । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनि यसअघि गरेको निर्णय खारेज भएको छ । राजनीतिक दलहरुले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण नै गराएपछि आयोगले निर्णय सच्याएको हो । 

    images

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्तिमा जारी गरेर यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको जानकारी दिएका हुन् । आयोगले गत चैत २२ गते दलहरूलाई जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको थियो । 

    ‘राजनीतिक दलहरूलाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’, हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको विज्ञप्तिमा उल्लेख छ ।’

    महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन आयोगले निर्देशन समेत दिएको छ । 


    तेस्रो आँखा