काठमाडौं, २९ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवासहित प्रचण्ड माधव चुनाव रोक्ने षडयन्त्रमा लागिसकेको दाबी समेत गरे ।
‘प्रतिगामी तत्वहरु अहिले पनि चुनाव सार्ने कोशिस गरिरहेको बताउँदै ओलीले चुनाव सारेर स्थानीय तह रिक्त गर्दिने । लोकतन्त्र रहन्छ? लोकतन्त्र समाप्त पार्ने काम भइरहेको छ ।’ शेरबहादुर देउवाले यसअघिकाे चुनावमा पनि त्यसै गरेको बताउदै उनले देउवालाई पुरानै काम नदोहोरयाउन आग्रह समेत गरे ।
यस्तै अर्को प्रसंगमा ओलीले विप्वलाई अघि सारेर चुनाव रोक्ने प्रयास भइरहेको जिकिरे गरे । उनले भने ‘१३ महिना अघि विप्लवजी शान्तिप्रक्रियामा आउनुभयो । अहिले आएर उहाँ पार्टी दर्ता गर्न समय चाहियो भन्नुहुन्छ ।’ विप्लवजी षडयन्त्रको शिकार हुने खतरा आफूले देखेको बताउँदै ओलीले विप्लवलाई लोकतन्त्रविरुद्धको षडयन्त्रको मतियार नहुन पनि आग्रह गरे ।
उनले विप्लवलाई सुर्य चिन्हबाट चुनाव लड्न सुझाव समेत दिए । ‘विप्लवले चुनाव लड्ने हो भने स्वतन्त्र रुपमा लड्नुपर्ने वा सूर्य चिन्हबाट चुनाव लड्नुस्’, ओलीले भने ‘होइन भने तपाईँहरुका कार्यकर्ताले जित्ने ठाउँमा उम्मेदवार उठाउनुस्, पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंहरुकै रहन्छन्, तर सूर्य चिन्हबाट चुनाव लड्नुस् आरामसँग, जित्ने तरिका त्यो हो !’
उनले विप्लवलाई इमान्दार नेताका रुपमा आफूले चिनेको समेत बताए । प्रचण्डहरूको शिकार बनेर बहानाबाजी बनाएको त होइन भनेर उनले विप्लिवलाई प्रश्न समेत गरे । विप्लवका कार्यकर्ताहरूलाई रिहा गर भन्दै त्यसको बहानामा चुनाव सार्न नपाइने र त्यो देशकाविरुद्धको षड्यन्त्र हुने उनको भनाइ छ ।
