• ट्रेण्डिङ्ग :
करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु


  • 5.3K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    करेन्ट लागेर एक युवकको मृत्यु

    काठमाडाैं, २९ चैत्र । सर्लाहीको मलंगवामा चापाकलबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–१०, निवासी ३६ वर्षका अवदेशकुमार गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो ।

    images

    आफ्नै घरमा मोटर जडान गरेको चापाकल चलाउने क्रममा गुप्तालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दिउँसो करेन्ट लागेर अचेत बनेका गुप्तालाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृतक गुप्ताको शव परीक्षणको लागि प्रादेशिक अस्पतालमै राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप