काठमाडौं, २९ चैत्र । सत्तारुढ गठबन्धनले स्थानीय तहमा हुने तालमेलको खाका टुङ्ग्याउन वैशाख ४ गतेसम्मको समयसीमा दिएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले स्थानीय तहमा हुने तालमेल टुङ्ग्याउन जिल्ला समितिलाई वैशाख ४ गतेसम्मको समय दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको बताइएको छ । स्थानीय तहबारे जानकारी पठाउन यसअघि २ पटक समय थप गरिएको थियो ।
