• ट्रेण्डिङ्ग :
मेघ गर्जन, चट्याङसहित हल्का वर्षा हुने 

मेघ गर्जन, चट्याङसहित हल्का वर्षा हुने 


  • 5.7K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    मेघ गर्जन, चट्याङसहित हल्का वर्षा हुने 

    काठमाडौं, ३० चैत्र । नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ। बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    images

    त्यस्तै, बिहीबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रवार पनि देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ लगायत देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


    तेस्रो आँखा