काठमाडौं, ३० चैत्र । कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेकी छन् ।
थापाले केन्द्रीय सदस्य र पार्टी साधारण सदस्य समेत नरहने गरि पार्टी छाडेकी हुन् ।
पार्टीलाई राजीनामा पत्र बुझाउँदै उनले भारी मनका साथ राप्रपा छाड्नुपरेको बताएकी छन् । उनले पार्टीमा केही समयदेखि सैद्धान्तिक र नैतिक विचलन देखा परेको पनि बताएकी छन्।
उनले महाधिवेशनमा एक हजार पाँच सय ३० मतका साथ खुला महिला केन्द्रीय सदस्यमा जितेकी थिइन्।
