घोषणापत्र सम्बन्धी छलफल गर्न काँग्रेस कार्यसम्पादन समितिकाे बैठक आव्हान

घोषणापत्र सम्बन्धी छलफल गर्न काँग्रेस कार्यसम्पादन समितिकाे बैठक आव्हान


  • 6.6K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    घोषणापत्र सम्बन्धी छलफल गर्न काँग्रेस कार्यसम्पादन समितिकाे बैठक  आव्हान

    काठमाडाैं,३० चैत्र । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा  बस्न लागेको छ । स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल गर्न बैठक बस्न लागेको हो ।  

    images

    स्थानीय तह निर्वाचन २०७९ घोषणापत्रसँगै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुनेकाँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो ।

    स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन काँग्रेसको केन्द्रीय संसदीय समितिले गर्छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार दर्ताको मय भएकाले संसदीय समिति गठन गर्नैपर्ने काँग्रेसलाई बाध्यता छ ।

    यस्तै फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियोे । फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनित गरिएपनि बाँकी भ्रातृ संस्थामा नेतृत्व समेत आएको छैन । यस विषयमा पनि बैठकमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । 
     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप