काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) को चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाइएको छ।
आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको भन्दै कुलमानले आपत्ति जनाएपछि फोटो हटाइएको हो । उनी सँगै अर्थमन्त्री जर्नादन शर्माको फोटो पनि पोष्टरबाट हटाइएको छ ।
