माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुला

माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुला


  • 8.8K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुला

    काठमाडाैं,३० चैत्र । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुला गरेको छ । आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि वैशाख २९ गतेसम्म इच्छुक स्नातक उर्तिण गरेका व्यक्तिका लागि फारम भर्नका लागि विज्ञापन खुला गरेको हो ।

    images

    जेठ पाँच गतेसम्म दोब्बर दस्तुर तिरेर पनि इच्छुक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् । तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारले अनलाइनबाट फारम भर्न सक्ने आयोगले जनाएको छ ।

    माध्यामिक तहको शिक्षक लाइसेन्सका वस्तुगत लिखित परीक्षा भने असार १८ गते बिहान ८ बजे हुने सूचनामा उल्लेख गरिएको छ । परीक्षा केन्द्र भने सम्बन्धित प्रदेश अन्तरगतका जिल्लामा सञ्चालन हुनेछ ।

     

     


    तेस्रो आँखा
    लेखकबाट थप