भिख मागेर देशको विकास हुन्छ भन्ने सपना देख्नु गलत छ– नेता बस्नेत

भिख मागेर देशको विकास हुन्छ भन्ने सपना देख्नु गलत छ– नेता बस्नेत


  • 7.7K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    भिख मागेर देशको विकास हुन्छ भन्ने सपना देख्नु गलत छ– नेता बस्नेत

    काठमाडौं, ३० चैत्र । नेकपा एमालेका नेता महेश बस्नेतले कसैले भिख मागेर देश विकास गर्ने सपना देखेका छन् भने त्यो गलत देखेको बताएका छन् । 

    images

    बुधबार राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटी, स्याङ्जाद्वारा आयोजित बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । ‘यदि कसैले भिख मागेर देशको विकास हुन्छ भन्ने सपना देखेका छन् भने त्यो गलत देखेका छन्’, नेता बस्नेतले भने ‘भिख मागेर देश बन्दैन । अब हामी देशको आर्थीक विकासलाई अगाडी बढाउँछौं ।’

    ओलीले प्रचण्ड र माधवलाई बस्ने ठाउँ दिएको भएपनि उनीहरुले केपी ओलीको शिरमा हात राखेर भष्मासुर होस् भन्ने प्रयन्त गरेको उनको भनाइ छ । आगामी निर्वाचनमा झ्यालबाट प्रवेश गरेकाहरुलाई हटाएर एमाले मुल ढोकाबाट प्रवेश गर्ने उनको दाबी छ । आफ्नो र सरकारको कमजोरी लुकाउन गभर्नर लाई कारबाही गरिएको उनले बताए । 

    जनार्दन शर्मालाई ठिक लगाउन भएपनि यो निर्वाचन आवश्यकता भएको उनले बताए । देउवा, प्रचण्ड र माधव कुमारको चार वटा जिब्रो एमसीसी पास गर्ने समयमा देखिएको उनको भनाइ छ । एमालेले कृषिको विकास गर्दै समृद्ध नेपाल, सुखि नेपाली बनाउन चाहेको उनको भनाइ छ । उनले भने ‘समृद्ध नेपाल, सुखि नेपालीको अभियानलाई पुरा गर्न एमालेले जित्न आवश्यक छ । एमालेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साथ दिन आम नागरिकलाई आग्रह गर्दछौं ।’ आगामी निर्वाचनमा जनताले एमालेलाई जिताउने र पहिलो पार्टी बनाउने उनको दाबी छ । 

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप