• ट्रेण्डिङ्ग :
विप्लव नेतृत्वको नेकपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिने 

विप्लव नेतृत्वको नेकपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिने 


  • 6.0K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    विप्लव नेतृत्वको नेकपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिने 

    काठमाडौं, ३० चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले  स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । 

    images

    निर्वाचन आयोगमा दल दर्ता नहुने भएपछि उनीहरुले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । 

     विप्लव नेतृत्वको नेकपाका नेताहरु  दल दर्ता गर्न सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए ।  तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने पार्टीले जनाएको छ ।  

    ‘संवैधानिक, राजनीतिक र कानुनी सबै हिसावले संयूक्त मोर्चा दर्ता गर्न मिल्दैन,’  एक नेताले भने ‘दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा एमाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्छौ । साथीहरुले स्वतन्त्र उम्मेदवारी दिनुहुन्छ ।’ 

    चुनावी तालमेल गर्ने विषयमा पनि नेकपामा दुई धार देखिएको छ । विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् । 


    तेस्रो आँखा