काठमाडौं, ३० चैत्र । अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले स्थानीय तहको निर्वाचनमा कुनै एक पदमा मात्र महिलाले उमेदवार दिने निर्वाचन अयोगको निर्णय खारेज गरिएकोप्रति गम्भिर आपत्ति जनाएकी छन् ।
बरालले बुधबार वक्तव्य जारी गर्दै स्थानीय तहको प्रमुख र उप–प्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनलाई प्राथमिकता दिने भनी जारी गरेको सुचनाप्रति गम्भिर आपत्ति तथा असहमति जनाएकी हुन् ।
यस्तै, संविधानविरुद्ध विभिन्न जालझेल र षडयन्त्र रच्नेहरुको दवाव र प्रभावमा परि नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाको विरुद्ध हुने गरि स्थानीय तहको प्रमुख र उप–प्रमुख वा अध्यक्ष र उपाध्यक्षमा महिलालाई उमेदवार हुनबाट रोक्ने निर्वाचन आयोगको कदम तत्काल फिर्ता गर्न समेत उनले माग गरेकी छन् ।
उनले महिलाहरुको प्रतिनिधित्वको सुनिश्चितता गर्न पनि आग्रह गरेकी छन् । आयाेगले निर्णय फिर्ता नलिए आयोगको विवादास्पद निर्णयको कडा प्रतिकार गर्ने उनकाे चेतवनी छ ।
नेपालको संविधान, ऐन कानून तथा निर्देशीकाहरुलेसमेत महिलाहरुको समावेशी समानुपातिक प्रतिनिधित्व हुने गरि २०७४ सालको स्थानीय तहको निर्वाचन समेत सम्पन्न गरिसकेको निर्वाचन आयोगले नेपाली जनताको निरन्तरको संघर्षबाट प्राप्त उपलब्धि र जारि गरिएको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यसहित

