• ट्रेण्डिङ्ग :
स्थानीय निर्वाचनमा परिवार दलले एमालेसँग सहकार्य गर्ने 

स्थानीय निर्वाचनमा परिवार दलले एमालेसँग सहकार्य गर्ने 


  • 7.3K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    स्थानीय निर्वाचनमा परिवार दलले एमालेसँग सहकार्य गर्ने 

    काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) सँग नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने विषयमा सहमति भएको छ । एमालेसँग दलले आज सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

    images

    एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच भएको सहमतिपत्र आज सार्वजनिक भएको हो।

    दलले देशभर सम्भव भएका स्थानमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने एमालेसँग परिवार दलबीच जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका स्थानमा सूर्य चिह्नमा निर्वाचनमा जाने सहमति भएको हो । निर्वाचित भए पनि आफ्नै दलमा रहने पनि उल्लेख गरिएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।


    तेस्रो आँखा