• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा र विप्लवबीच भेटर्वार्ता, तीन बुँदे सहमति कार्यान्वयन गर्न माग

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटर्वार्ता, तीन बुँदे सहमति कार्यान्वयन गर्न माग


  • 6.4K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    प्रधानमन्त्री देउवा र विप्लवबीच भेटर्वार्ता, तीन बुँदे सहमति कार्यान्वयन गर्न माग

    काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को टोलीबीच भेटवार्ता भएको छ । 

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे छलफल भएको हो । 

    भेटमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा उल्लेखित विभिन्न आरोपमा जेलमा रहेका नेकपामा नेता कार्यकर्ताको रिहाइ र अदालतमा रहेका मुद्दा फिर्ताबारे छलफल भएको थियो। नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका थिए। नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए।

    सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए।


    तेस्रो आँखा