• ट्रेण्डिङ्ग :
सशस्त्र प्रहरी महानिरीक्षकमा केसी, आजै दज्रयानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षकमा केसी, आजै दज्रयानी चिह्न प्रदान


  • 5.1K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    सशस्त्र प्रहरी महानिरीक्षकमा केसी, आजै दज्रयानी चिह्न प्रदान

    काठमाडौं, १ वैशाख । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बन्नुभएका केसीलाई आजै गृहसचिव टेकनारायण पाण्डेले दज्रयानी चिह्नबाट समेत सुशोभन गरे । 
     
    गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनु भएकोमा उनलाई बधाई दिदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे । उनले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरे । 

    images

    त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा साङ्गठानिक सुदृढीकरण र वृत्ति विकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सशक्तीकरणका लागि काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।  

    विसं २०२३ साल भदौ १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा जन्मिएका सशस्त्र प्रहरी महानिरीक्षक केसी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी सेवाबाट अनिवार्य अवकास लिनुभएकाले सरकारले केसीलाई आज महानिरीक्षकमा पदोन्नति गरेको हो 


    तेस्रो आँखा