काठमाडौं, १ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
ओलीले शुभकाना सन्देशमार्फत सत्ता गठबन्धन र सरकारमाथि आक्रोश पोखेका छन् । नयाँ वर्षको अवसरमा जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन सबैलाई उनले आग्रह गरे।उनले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको पनि बताए । यस्तै उनले कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हुने भन्दै किमार्थ स्वीकार्य नहुने बताए ।
यस्तै, उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गैरकानूनी हिसावले कारबाही गरेको बताए । ‘अराजक अर्थमन्त्रीको दवावमा भागबण्डाको ‘टेको’मा उभिएका प्रधानमन्त्री स्वयं पनि एकपछि अर्को गलत निर्णय लिइरहेका छन्। सबैभन्दा पछिल्लो निर्णयको रुपमा गभर्नरमाथि गैरकानूनी कारबाही रहेको छ,’ शुभकामना सन्देशमा उल्लेख छ ।
