• ट्रेण्डिङ्ग :
 प्रचण्डकाे नसकिएकाे एमाले मोह,कि दुनु साेझ्याउने दाउ ?

 प्रचण्डकाे नसकिएकाे एमाले मोह,कि दुनु साेझ्याउने दाउ ?


  • 6.8K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

     प्रचण्डकाे नसकिएकाे एमाले मोह,कि दुनु साेझ्याउने दाउ ?

    काठमाडाैं,१ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा सबै खराब  नभएको बताएका छन् ।  बिहीबार माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भित्र तीन वर्ष बसेर हेर्दा ८० प्रतिशत इमान्दार कम्युनिस्ट रहेको धारणा राखेका हुन्। एमाले माके जोडिएर नेकपा बनाएका प्रचण्ड ओलीले पार्टी फुटाएपछि करिव बिल्लीबाठको अवस्थामा रहेका प्रचण्डको यो भनाइले उनीप्रति अझै एमाले मोह रहेको बुझिन्छ ।

    images

    चुानवी अभियानमा लागिरहदा प्रचण्डको अभिव्यक्तिलाई राजनीतिक बजारमा महत्ववका साथ हेरिएको छ । प्रचण्ड जोसुकैसँग समिलेर पनि आफूले एक्का पाउँनु पर्ने सोचमा भएका नेता हुन । ‘एमालेमा सबै खराब छन् भन्ने सोच्न हुँदैन।’ प्रचण्डले भने,‘एमाले भित्र मैले, तीन वर्ष बसेर हेरे, त्यहाँ पनि ८० प्रतिशत इमान्दार कम्युनिस्ट इमान्दार र क्रान्ति भइदियोस् भन्ने चाहना राख्ने छन्।’

    प्रचण्डले एमाले नेतृत्वले धेरै भ्रम दिएर उनीहरुलाई राखेकाले एमालेभित्र बन्दी बनेर बसेकालाई मुक्त गर्नुपर्ने समेत बताए। माओवादी नफुटेको भए माओवादी र एमाले एकता हुँदा माओवादी ६०, एमाले ४० प्रतिशतको भागबण्डा हुने स्मरण गरे। उनले माओवादीलाई घेराबन्दी गर्ने विपक्षीको रणनीति भएकाले सचेत हुनुपर्ने बताए।

    प्रचण्डले माओवादी विभाजित हुँदा प्राप्त उपलब्धि गुम्ने, माओवादीका मुद्दा सिद्धाउने र कमजोर पार्ने, इतिहास धुमिल हुने भएकाले माओवादीहरु एक हुनुपर्ने बताए। माओवादीहरु ध्रुवीकृत भएर मात्र प्रतिगमनलाई परास्त गर्न सक्ने भएकाले एकजुट हुन आग्रह गरे। उनले पार्टीमा आउनेलाई आग्रह, पूर्वाग्रह नराख्ने बताए।  उनकाे यस्ताे अभिव्यक्ती पछि कार्यकर्ता तहमा  प्रचण्डकाे नसकिएकाे एमाले मोह, कि दुनु साेझ्रयाउने दाउ मात्र हाे   अलमल परेकाे बताएका छन् ?

     

  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड

  • तेस्रो आँखा
    लेखकबाट थप