• ट्रेण्डिङ्ग :
विभाजित भएर होइन विजयी हुने गरी चुनावमा जानु पर्छ -डा शेखर कोइराला  

विभाजित भएर होइन विजयी हुने गरी चुनावमा जानु पर्छ -डा शेखर कोइराला  


  • 23.1K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 35.5K Views

    विभाजित भएर होइन विजयी हुने गरी चुनावमा जानु पर्छ  -डा शेखर कोइराला  

    काठमाडाैं,१ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट नभएको बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षलाई स्वागत गर्दा कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउने र नागरिकको मुहारमा खुशी ल्याउनेमा केन्द्रित हुनुपर्ने बताए ।

    images

    उनले विरोधीहरु बलिया र संगठित रहेको भन्दै कांग्रेस पनि विभाजित हुन नहुने बताए । ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ’ उनले भने, विभाजित भएर होइन विजयी हुने गरी चुनावमा जानु पर्छ ।’ 

    मतभेद र मनभेदका विषय पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जानुपर्ने भन्दै उनले पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखाको प्रवृत्तिविरुद्ध संघर्ष भने गरिरहने बताए । ‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौं । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो’ कोइरालाले भनेका छन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप