• ट्रेण्डिङ्ग :
राप्रपा नेपाल र परिवार दलले आफ्नाे चुनाव चिन्ह छाडेर एमालेको चिन्हबाटै मत माग्न जाने 

राप्रपा नेपाल र परिवार दलले आफ्नाे चुनाव चिन्ह छाडेर एमालेको चिन्हबाटै मत माग्न जाने 


  • 25.6K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 39.4K Views

    राप्रपा नेपाल र परिवार दलले आफ्नाे चुनाव चिन्ह छाडेर एमालेको चिन्हबाटै मत माग्न जाने 

    काठमाडाैं,१ बैशाख । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य चिह्न लिएर निर्वाचन लड्न सहमत भएका छन्। निर्वाचनमा तालमेल गर्नसमेत सहमत भएका हुन्।

    images

    यस विषय एमालेसँग राप्रपा नेपाल र परिवार दलबीच बुधबार सहमति भएको छ। राप्रपा नेपालका उम्मेदवार सूर्य चिन्ह लड्नलगायतका ५ बुँदे सहमति एमालेसँग भएको छ। सहमतिअनुसार देशभरका तालमेल सम्भव भएका  स्थानीय दुई दलले मिलेर उम्मेदवार उठाउने भएका छन्। त्यस्तै, राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ।

    एमालेले नउठाउने स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारलाई सघाउने सहमतिसमेत भएको छ। तालमेलका लागि अब एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने भएका छन्। दुवै दलका कमिटीहरूले सहकार्यका लागि प्रस्ताव तयार गरेर आ–आफ्नो पार्टी केन्द्रमा पठाउने सहमति पनि गरिएको छ। 

    केन्द्रीय तहको अनुमतिपछि तालमेल सहमति कार्यान्वयन गर्न पनि २ दल तयार भएका छन्। सहमतिअनुसार अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेद्वारहरू सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलले आफ्नाे चुनाव चिन्ह चावी र तिर छाडेर अरूकाे चुनाव चिन्हमा चुनाव लड्दा जनताले आफ्नाे चिन्ह नै नचिन्ने अवस्था आउने भन्दै कार्यकर्तातहमा असन्तुष्टि बढेकाे छ । 


    तेस्रो आँखा
    लेखकबाट थप