• ट्रेण्डिङ्ग :
दाजुभाइकाे अंश बिवादमा बाबुकाे ज्यान गयाे

दाजुभाइकाे अंश बिवादमा बाबुकाे ज्यान गयाे


  • 7.7K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    दाजुभाइकाे अंश बिवादमा बाबुकाे ज्यान गयाे

    काठमाडाैं,१ बैशाख।   बेलबारी नगरपालिका ७ बाहुनीमा अंश विवाद भएपछि दुई दाजुभाइबीच भएको झडपमा परी बुबाको मृत्यु भएको छ । अंशको निहुँमा दाजुभाइबीच झगडा हुँदा ६० वर्षीय जयबहादुर कार्कीको मृत्यु भएको हो ।

    images

    जयबहादुरका दुई छोरा बासुदेव कार्की र तीर्थ कार्कीबीचकाे विवाद मिलाउन जाँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । घटना के कसरी भयो भन्नेबारे प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको कोइरालाले जनाए । दुई भाइको विवादमा झडप हुँदा घाइते भएका जयबहादुरको न्यूरो अस्पतालमा मृत्यु भएको उनले बताए । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उनकाे भनाइ छ । 


    तेस्रो आँखा
    लेखकबाट थप