नेपाली काँग्रेस निर्वाचन परिचालन समितिको बैठक शुक्रबार १ बजे बस्ने

नेपाली काँग्रेस निर्वाचन परिचालन समितिको बैठक शुक्रबार १ बजे बस्ने


  • 9.1K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    नेपाली काँग्रेस निर्वाचन परिचालन समितिको बैठक शुक्रबार १ बजे बस्ने

    काठमाडाैं,२ बैशाख । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक शुक्रबार बस्दैछ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

    images

     बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको समितिको आजको बैठकले प्रदेश स्तरीय गठबन्धनको संयन्त्रलाई सहजीकरण गर्न सातै प्रदेशमा सहमहामन्त्रीलाई पठाउने छ ।

    समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप