गठबन्धनलाई प्रभावकारी बनाएर लैजाने विषयमा माओवादी केन्द्रकाे छलफल

गठबन्धनलाई प्रभावकारी बनाएर लैजाने विषयमा माओवादी केन्द्रकाे छलफल


  • 5.9K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    गठबन्धनलाई प्रभावकारी बनाएर लैजाने विषयमा  माओवादी केन्द्रकाे  छलफल

    काठमाडाैं,२ बैशाख ।  सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पाँच दलीय गठबन्धनलाई तलसम्म प्रभावकारी बनाएर लैजाने विषयमा छलफल गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा  पार्टी केन्द्रीय कार्यालय तथा उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको विस्तारित बैठकमा यस विषयमा छलफल भएको हो। 

    images

    ‘मुलत स्थानीय तहको चुनावकै विषयमा केन्द्रीत रहेर छलफल भएको हो,’ नेता लिलामणि पोखरेलले भने,‘चुनावमा गठबन्धनलाई तलसम्म कसरी व्यवहारिक र प्रभावकारी बनाउने भन्ने नै हो।’ उनका अनुसार स्थानीय तहसम्म देखिएको समस्या कसरी हल गर्ने भन्ने विषयमा पनि आजको बैठकमा छलफल भएको छ। वैशाख ४ भित्र उम्मेदवारीको सन्दर्भमा सिफारिस गर्न दिइएको निर्देशनका बारेमा पनि छलफल भएको छ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले गठबन्धन दलभित्र भइरहेको छलफल र सहमतिका पछिल्लो अवस्थाका बारेमा पूर्व स्थायी समिति बैठकमा ब्रिफिङ गरेका थिए। उनले तालमेलका विषयमा के भइरहेको छ भन्ने विषयमा पनि जानकारी दिएका छन् बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर सबै पार्टी पंक्ति एक जुट भएर जानुपर्ने भन्दै त्यस कार्यमा खटिन समेत निर्देशन दिएका छन्।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप