एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग 

एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग 


  • 5.9K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग 

    चितवन, १० मंसिर । एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गर्नु भएकाे छ ।  सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका बेला साहले सचिवमा आफ्नो दाबी पेस गर्नु भएकाे हाे ।  

    images

    उहाँले केन्द्रीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गर्नु भएकाे छ । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नु भएको छ, सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने निवर्तमान अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उहाँनिकट एक नेताले भन्नुभयाे । 

    ती नेताका अनुसार एमाले केन्द्रिय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय सदस्य, स्थायी कमिटी र पोलिटव्युरोमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने मागसमेत साहले ओलीसमक्ष राखेका छन् । 

    माओवादी खेमाबाट आएका शीर्ष नेताहरूलाई पदाधिकारीदेखि नै समेटेमा  मात्र कार्यकर्ता पंक्तिमा राम्रो सन्देश जाने विषयमा समेत ओलीको ध्यााकर्षण गराएको ती नेताले जानकारी दिनुभयाे ।  

    रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फवाट प्रतिनिधित्व गराउन सचिव दिनुपर्ने माग साह निकटका नेताहरूले गरिरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन
  • # प्रभु साह

  • तेस्रो आँखा