काठमाडौं, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।
आज पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने 'अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन। यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन ।'
यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनको भनाइ छ । 'केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो,' उनले भने 'हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।'
शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए । कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेकोको उनको जानकारी दिए ।
