राप्रपाको आमसभामा देखिएका केही फरक दृष्य

राप्रपाको आमसभामा देखिएका केही फरक दृष्य


  • 7.7K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    राप्रपाको आमसभामा देखिएका केही फरक दृष्य

    काठमाडौं, २ बैशाख । केही दिन पहिला राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आमसभा ग¥यो। स्थानीय तहको निर्वाचनको तयारी स्वरुप गरिएको उक्त आमसभामा केही फरक दृष्य पनि देखिए।

    images

    भिडियाेमा हेराैं दृष्यहरू

     

    दृष्य १ : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे ड्यासमा उभिन्छन्। सम्बोधन सुरु गरेपछि उनलाई माइकमा आवाज नआएको कुरा सुनाइन्छ। उनी माइक उठाउन यार भन्दै बोल्छन्। एउटा पत्रकार गएर आफ्नो माइक मिलाउन लाग्न पाण्डे यता तल उठाउन भन्दै आदेश दिन्छन्। त्यही समयमा टेक्नीकल पार्टको सदस्यले माइक मिलाउँछन्। उनी साह्रै अल्टर भैएछ भन्दै आफैमाथि हाँस्छन्। 

    दृष्य २ : पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ सम्बोधन गर्न सुरुवात गर्छन। उनी सम्बोधनको सुरुवातमा सभापतिलाई सभामुख भनेर सम्बोधन गर्छन। केन्द्रीय उपाध्यक्ष जस्तो व्यक्तिलाई सभामुख र सभापतिमा पनि फरक नभएको हो की ? उनी त्यतिमा मात्र रोकिएनन्। समयको ख्याल गर्न अनुरोध गरेको उद्घोषकको संकेत पनि जनतालाई बताए। 

    दृष्य ३ : पार्टी प्रवेश गर्नेहरुको लर्को थियो। केन्द्रीय नेताहरु उठेर पार्टी प्रवेश गर्नेलाई स्वागत गरिरहेका थिए। तर, धेरैले चिनेका दुई अनुहार तथा युवा नेताहरु भने स्टेजको छेउमा बसेर कसैलाई पनि भाउ दिन्थेनन् ।

    दृष्य ४ : धर्मको रक्षा गर्न उद्घोष गरेको राप्रपाको स्टेजमा स्वस्तिक बाचन भयो। धर्मको पक्षमा लडेको पार्टीले यो राम्रो काम गरेको थियो। यस्तै, झाक्रीँहरुको टीम पनि मुख्य मञ्चमै पुग्यो र आर्शिवाद दियाे ।


    तेस्रो आँखा