नेपाली कांग्रेसकाे निर्णय
चुनावी सभा व्यवस्थित गर्न मापदण्ड, आवश्यक समन्वयका लागि केन्द्रीय प्रतिनिधि खटाउने  

चुनावी सभा व्यवस्थित गर्न मापदण्ड, आवश्यक समन्वयका लागि केन्द्रीय प्रतिनिधि खटाउने  


  • 8.3K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    चुनावी सभा  व्यवस्थित गर्न मापदण्ड, आवश्यक समन्वयका लागि केन्द्रीय प्रतिनिधि खटाउने  

    काठमाणडाैं,२ बैशाख ।  सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी सभा तथा प्रचार प्रशारका सम्बन्धमा व्यवस्थित मापदण्ड बनाएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबारको बैठकले निर्वाचन प्रचारका लागि गरिने आम सभा लाई छाटो र व्यवस्थित बनाउन निश्चित मापदण्डहरु तय गरेको हो । 

    images

    स्थानीय तहको निर्वाचनको प्रचारका लागि २ घण्टाभन्दा लामो चुनावी सभा नगर्ने भएको छ। समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा २ घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने १ घण्टाभित्रै सम्पन्न गर्नुपर्ने मापदण्डमा उल्लेख छ । बैठकले सभामा आसन ग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ । गठबन्धन भएको स्थानमा गठबन्धनमा रहेका दलको तर्फबाट १–१ जना, सम्बन्धित सभाको सभापति र प्रमुख अतिथि वा प्रमुख वक्तालाई मात्रै आसन ग्रहण गराइनेछ ।

    अन्य जिम्मेवारीमा रहने नेताहरुलाई सामूहिक आसन ग्रहण गराउनुपर्ने मापदण्डमा उल्लेख छ । बैठकले चुनावी सभाका र प्रचारका लागि समय व्यवस्थित गर्न मापदण्ड बनाएको हो ।त्यस्तै बैठकले सातै प्रदेशमा स्थानीय तह निर्वाचन परिचालनका लागि सहमहान्त्री पठाउने निर्णय गरेको छ । सहमहामन्त्रीले प्रदेश र जिल्लासँग समन्वय गर्नुका साथै केन्द्रबाट ७७ जिल्लाका लागि तोकिएका प्रतिनिधिसँग समेत समन्वय गर्ने बताइएको छ । 

    सहमहान्त्रीले केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्लामा गठबन्धन गर्ने क्रममा आएका समस्या समाधान गर्नेछन् । सातै प्रदेशमा उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ । ति समितिहरु स्थानीय तह निर्वाचन परिचालन समिति अन्तर्गत रहने छन् । जसले जिल्ला र पालिकामा निर्वाचनका लागि कार्यकर्ता परिचालन गर्ने छ ।

    केन्द्रीय समितिले गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन दायित्व भएको समितिका संयोजक पूर्णबहादुर खड्कालाई उध्रीत गर्दै केन्द्रीय सदस्य नैनसिंह महरले बताए । गठबन्धन तोड्ने विषयलाई पार्टी अनुशासन भंग गरेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ । महरले भने,‘गठबन्धनले हामीलाई मजबुत बनाउँछ । कहीँकतै गठबन्धनभित्रै स्वस्थ प्रतिष्पर्धा हुन सक्छ ।’ त्यस्तै पालिका सम्मको प्रतिनिधि प्रदेश समितिले पठाउने र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले आ–आफ्नै परिचालन समिति बनाउने निर्णय समेत गरेको छ ।

    यस्ताे छ 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • जीवन शर्मा
    लेखकबाट थप