• ट्रेण्डिङ्ग :
जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश


  • 5.5K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

    काठमाडौं, २ वैशाख । सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

    images

    कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई,  प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संवैधानिक इजलासले आज उक्त यस्तो आदेश गरेको हो ।

    अधिवक्ता पुन्यप्रसाद खतिवडासमेतको गत चैत ११ गते अदालतमा बसेर कार्यसम्पादन गरिरहेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्नुपर्नेमा माग गर्दै रिट निवेदन दायर गरेका थिए । 

    अदालतले संसद् सचिवालयमा दर्ता भएको महाभियोग दर्तासम्बन्धी सबै कागजात मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए । 


    तेस्रो आँखा