• ट्रेण्डिङ्ग :
सशस्त्रको प्रवक्तामा डिआइजी खड्का

सशस्त्रको प्रवक्तामा डिआइजी खड्का


  • 7.4K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    सशस्त्रको प्रवक्तामा डिआइजी खड्का

    काठमाडौं, २ वैशाख । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ । 

    images

    संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    खड्कालाई मोबाईल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected]​ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

    यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना थिए । 


    तेस्रो आँखा