• ट्रेण्डिङ्ग :
भाटभटेनीलाई लगियो टुँडालदेवीमा

भाटभटेनीलाई लगियो टुँडालदेवीमा


  • 6.6K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    भाटभटेनीलाई लगियो टुँडालदेवीमा

    काठमाडौं, ३ वैशाख । काठमाडौं महानगरपालिका वडा नं। ५ रहेको भाटभटेनी देवीको मूर्तिलाई महानगरपालिकाको वडा नं. ४ स्थित टुँडालदेवी पु¥याइएको छ ।

    images

    टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने  भाटभटेनीको जात्रा अन्तर्गत आज बेलुकी देवीलाई सारिएको हो । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौं महानगरपालिका वडा नं। ५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा सुरु भएको हो । 

    जात्राका लागि नक्साल चार ढुङ्गेको माने खटसमेत आज रातिसम्म टुँडालदेवी लगिने जात्रा सञ्चालन समितिको अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिका वडा नं। ५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । भातको देउता बनाएर आज टुँडालदेवीमा लगिने जानकारी पनि उनले गराए । आज बेलुकीदेखि सुरु भएको भाटभटेनी जात्रा काठमाडौंमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ । 

    यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ । यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल अर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ । त्यसै समयदेखि जात्रा सुरु भएको विश्वास गरिन्छ ।


    तेस्रो आँखा