• ट्रेण्डिङ्ग :
उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार


  • 5.8K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

    काठमाडौं, ३ वैशाख । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ । 

    images

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौं तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।  उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पु¥याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । 

    उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।   


    तेस्रो आँखा