काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउने विषयमा छलफल गर्न शनिबार बैठक डाकिएको हो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याएने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यहरूलाई बोलाइएको उनले बताए। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा महानगररउपमहानगरको उम्मेदवारसँगै गठबन्धनको विषयमा पनि छलफल हुने बताइएको छ। केन्द्रीय कार्यसम्पादन समितिमा सभापति, पदाधिकारी र शीर्ष नेताहरू हुन्छन्।
