• ट्रेण्डिङ्ग :
आइतबारसम्म गठबन्धनबीच तालमेलकाे कुरा टुंगिन्छ -प्रचण्ड

आइतबारसम्म गठबन्धनबीच तालमेलकाे कुरा टुंगिन्छ -प्रचण्ड


  • 5.7K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    आइतबारसम्म गठबन्धनबीच तालमेलकाे कुरा टुंगिन्छ -प्रचण्ड

    काठमाडाैं, ३ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार) सम्ममा लागिसक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए ।

    images

    उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’ निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।

    भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने प्रश्नमा उनले छलफल भइरहेको जानकारी दिए । गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘आरामसँग टुंङ्गिन्छ ।’ गठबन्धनका विषयमा बाहिर चर्चा गरेजस्ताे कुरा नभइ तल्लाे तहदेखि नै आरामसँग गठबन्धन भएर जाने बताए ।  


    तेस्रो आँखा
    लेखकबाट थप