• ट्रेण्डिङ्ग :
नागढुंगा सुरुङमार्गको निर्माणकार्य ठप्प

नागढुंगा सुरुङमार्गको निर्माणकार्य ठप्प


  • 5.1K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    नागढुंगा सुरुङमार्गको निर्माणकार्य ठप्प

    काठमाडाैं,४ बैशाख । नागढुंगा सुरुङमार्गको निर्माण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका २ का स्थानीय बासिन्दाले विभिन्न माग राख्दै २८ चैतमा जापानिज प्राविधिक बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि काम ठप्प भएको हो ।

    images

    सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार खानेपानी आयोजनामा थप सहयोग माग राखेका स्थानीयसँग छलफल भएर अघि बढ्न लाग्दा तोडफोड भएपछि निर्माणको काम रोकिएको हो । ‘चार दिनदेखि हाम्रो इन्जिनियरहरु पनि फिल्डमा जानु भएको छैन, जापानी प्राविधिकहरु पनि गएका छैनन्,’ उनी भन्छन् ,’स्थानीयहरुले सहयोग गर्नुभयो भने मात्रै काम सुरु हुन्छ ।’

    विदेशी सहयोगको आयोजना भएकाले संवेदनशील भएको सापकोटाले बताए । वडाध्यक्षसहित गएको स्थानीय टोलीले तोडफोड गरेकाले यसमा सकस परेको उनले बताए । सापकोटाका अनुसार स्थानीयको माग सम्बोधनका लागि पहल भएर समाधानउन्मुख भइसकेको विषयमा विवाद बढ्न पुगेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप