काठमाडौं, ४ वैशाख । स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, तीन जना घाइते छन्।
आइतबार बिहान वालिङ नगरपालिका-१२ मा जिप सडकबाट तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसेको हो।
घाइतेको उपचारको लागि दुई जनाको वालिङस्थित प्राथमिक अस्पताल र अर्को एक जनाको गण्डकी अस्पताल पोखरामा पठाइएको छ। गण्डकी अस्पतालमा पठाइएका व्यक्तिको अवस्था गम्भीर रहेको छ । जिपमा कति जना छन् भन्ने हालसम्म खुलेको छैन । मृतकको सनाखत समेत हुन सकेको छैन । दुर्घटनास्थलमा खोजी समेत गरिरहेको प्रहरीले जनाएको छ।
