काठमाडौं, ४ वैशाख । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। अधिकारी वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र हरिहर दाहालका साथ सर्वेच्चमारिट दर्ता गर्न पुगेका हुन् ।
