काठमाडाैं,४ बैशाख । स्थानीय तहको निर्वाचन आउन २५ दिन मात्र बाँकी छ । यो अवधिमा राजनीतिक दलहरुले धेरै तयारीहरु पुरा गर्नुपर्ने छ । विशेषगरी दलका उम्मेदवार टुंग्याउने कुरामा निकै सकस देखिएको छ । त्यसमा पनि सत्तारुढ गठबन्धनभित्र धेरै समस्याहरु छन् जुन आजको भोलि नै हल हुने अवस्था छैन् । गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको चुनामा तालमेल गरेर जाने सहमतिअनुसार सिट बाँडफाँड लगायतका विषयमा विभिन्न छलफलहरु भैरहेका छन् ।
केन्द्रदेखि जिल्ला तहसम्म गठबनधन दलहरुबीच चुनावी तालमेलका विषयमा व्यापक छलफलहरु भइरहदा स्थानीय कार्यकर्ताको भावना एकल चुनावी मैदानमा जाने देखिन्छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसका तल्लो तहका कार्यकर्ताको भावनाअनुसार जाने अवस्था बन्ने हो भने प्राय सबै स्थानीय तहमा गठबन्धनभित्रै मित्रवत प्रतिष्पर्धा गरेर जानुपर्छ भन्ने मत बढी छ । नेपाली कांग्रेसले स्थानीय अवस्था र आवश्यकताअनुसार गठबनधन गरेर जाने केन्द्रीय समितिले निर्णय गरेपछि कार्यकर्ता तहमा त्यसलाई पनि दुई तरिकाले हेरेको पाइन्छ ।
एकाथरिले चुनावी तालमेल गर्ने पार्टीको ह्वीप हो भन्ने ढंगको बुझाइ छ भने अर्कोथरिको बुझाई गठबन्धन गर्ने वा एक्लै जाने भन्ने भुगोलको आवश्यकताअनुसार हो भन्ने छ । पार्टी केन्द्रको निर्णयले दोस्रो बुझाइलाई पुष्ठी गर्छ । दुरदराजका लोकतन्त्र पक्षधरहरुको चाहाना पनि भुगोल सम्मको चुनावी तलमेललाई प्राथमिक्ता दिइरहनु नपर्ने भन्ने नै हो । धेरैजसो वडा तथा पालिका स्तरिय पार्टी संरचनाले गठबनधन भित्रै मित्रवत प्रतिष्पर्धा गरेर जाने चुनावी तालमेलले कसैलाई फाइदा नपुग्ने सुझावहरु पार्टी केन्द्रलाई पठाइरहेका छन् ।
यसले स्थानीय तहमा तालमेलले खासै अर्थ राख्दैन भन्ने प्रष्ट बुझिन्छ । चुनावी तालमेलका नाममा माओवादी र एकीकृत समाजवादीलाई जिताइदिएर कांग्रेसलाई फाइदा नहुँने आमा कार्यकर्ताको भावनालाई पार्टी केन्द्रले समेट्नु पर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाइ छ । ‘स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने भनेको जवरजस्ती तालमेल हैन’, उनले भने, आम कार्यकर्ताको भावना अनुसार संगठनलाई बलियो र संस्थागत बनाउने कुरामा जे गर्दा फाइदा हुन्छ त्यसै गर्न दिनु पर्छ, जवरजस्त केन्द्रबाट तालमेल गर्न निर्देशन गर्नु हुन्न ।’
गठबन्धन गरेरै जानु पर्छ भन्ने र निर्णय गराउन लगाउने सभापति शेरबहादुर देउवाका विश्वास पात्रहरु समेत चुनावी एकतालाई अनिवार्य मान्दैनन् । सभापति निकट मानीने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले तालमेल नहुने अवस्था आएका स्थानीय तहमा गठबन्धन दलहरुबीच मित्रतापूर्ण प्रतिष्पर्धा हुने सार्वजनीक रुपमा बोल्दै आएका छन् । पार्टीका महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले पनि गठबनधन चुनावका लागि नभई सरकार सञ्चालनका लागि भएकाले अवस्था र आवश्यकता अनुसार मात्रै गर्ने बताएका छन् ।
कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए । ‘गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य हुँदैन’, उनले भने,‘ कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने हो, स्थानीय तहका पार्टीका साथिहरुकाृे भावना विपरित गएर चुनावी एकता गर्न सकिदैन, कांग्रेसले त्योसो गर्नु हुँदैन ।’
कांग्रेस नेता कार्यकर्ताहरुको मात्र होइन माओवादीका कार्यकर्ताहरुको समेत मतएकता छैन् । कतिपय स्थानीय तहमा कांग्रेससँग बार्गेनिङ गरेर धेरै सिट लिने छ भने आफू बलियो भएका स्थानीय तहहरुमा अरुलाई छाड्न गाह्रो भइरहेको छ । चुनावी तालमेलको सबै भन्दा बढी नेकपा एकीकृत समाजवादीलाई आवश्यक देखिन्छ भने जसपा र माओवादीलाई पनि चुनावी एकताको खाँचो छ । यता नेपाली कांग्रेसलाई चुनावी तालमेल भन्दापनि सबै कम्युनिष्टहरु एकैठाउ पमिलेर आफूलाई सिध्याउने हुन की भन्ने डरले चुनावी तालमेलकाे एजेण्डा उठाएकाे देखिन्छ ।
चुनावी तालमेलले कांग्रेसलाई सिट बढ्छ भन्ने धेरै नेताहरुलाई लागेकै छैन् । कांग्रेस महामन्त्री गगन कुमार थापाले आउने निर्वाचनमा स्थानीय तहले आवश्यक नठानेको अवस्थामा केन्द्रले तालमेलको निर्णय थोपर्न नपाइने बताए । स्थानीय निर्वाचनको मर्म भनेकै स्थानीयको निर्णय लागू गर्ने पद्दति रहेको स्मरण गारउँदै स्थानीय तहमा कुरा मिले तालमेल हुने र नमिले तालमेल नहुने महामन्त्री थापाले स्पष्ट पारे । थापाले भने, ‘चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन भन्ने मेरो मत हो।मेरो मत मैले पार्टीमा राखे तर पार्टीका बहुमत साथीहरुले गठबन्धन जरुरी छ भनेपछि पार्टीको निर्णय मैले मानेको छु । मान्नुपनि पर्छ ।’ तर भुगोलका नेता कार्यकर्ताको मनोभावना विपरित गएर चुनावी तालमेल गर्ने र नयाँ मतदातालाई रुख बाहेक अन्य चिन्हमा भोट हाल्न लगाइयो भने कांग्रेसका लागि हितकर नहुने थापाले बताए ।
नेताहरुको यस्तो प्रतिकृया र स्थानीय तहका पार्टी संरचनाको भावना अनुसार स्थानीय तहको निर्वाचनमा गठबनध गर्न नहुनेहरुको मत धेरै देखिन्छ । संसदीय निर्वाचनमा चुनावी एकता गर्नुपर्ने तर स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रले एलायन्सको विषयलाई लिएर धेरै हस्तक्षप गर्न नहुँने सुझाव स्थानीय स्तरबाट आइरहेको नेपाली कांग्रेसले जनाएको छ। गठबनधनबीच जवरजस्ती कुरा मिलाउने भन्दापनि पार्टीको आन्तरिक समस्या समाधानका बाटाहरु पहिल्याउँदै वडादेखि पालिकासम्मको टिकट वितरणलाई चाडो टुंग्याएर चुनावी अभियानमा एकढिक्का भएर खट्नु पर्ने स्थानीय तहका नेता कार्यकर्ताहरुको माग छ । देशभरका कार्यकर्ताकाे मनाेभावना निवार्चनमा एकल जाने नै देखिएकाे हुँदा एकता गर्न बाध्यता नबनाउँने एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘भुगाेलमा चुनावी तालमेल आवश्यक छैन भने, त्यहा गठबन्धन गर्नु पर्ने अनिवार्य छैन् ।’
