आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको सभामुखकाे दाबी (भिडियाेसहित)

आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको सभामुखकाे दाबी (भिडियाेसहित)


  • 16.5K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 25.4K Views

    आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको सभामुखकाे दाबी (भिडियाेसहित)

    काठमाडौं, ४ वैशाख । सभामुख अग्नि प्रसाद सापकोटाले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको दाबी गरेका छन्। कार्टूनिष्ट क्लब नेपालले आयोजना गरेको भ्रष्टाचार विरुद्धको कार्टून प्रदर्शनीलाई उद्घाटन गर्ने कार्यक्रममा सापकोटाले आफूले बुझेसम्म भ्रष्टाचार नगरेको बताएका हुन् ।

    images

    सभामुखले संसदबाट गुणस्तरीय कानूनको निर्माण गर्ने, बनेका कानुन कार्रयन्वायन भए नभएकाे अनुगमन गर्ने र भ्रष्टाचार हुनबाट रोक्ने प्रयास गर्ने पनि बताएका छन्।

    यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले लाखौं शब्दले बोल्न नसकेको विषय एउटा कार्टूनले बोल्ने भन्दै प्रदर्शनीले दिन खोजेको संदेश सम्बन्धित ठाउँसम्म पुगोस भन्ने शुभकामना व्यक्त गरेको छन्। अध्यक्ष पोखरेलले सभामुखको उपस्थिति महत्वपूर्ण रहेको बताउँदै सिंगो संसदले भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनीलाई हेरिरहेको बताए।

    कार्टुनिष्ट क्लब नेपालका अध्यक्ष रविन सायमीले प्रवृतिको विरोध गर्ने र त्यो प्रवृति सुधार गर्नका लागि राज्यका अंगहरुले भूमिका निर्वाह गर्नु पर्ने बताए। उनले एउटा कार्टूनले बोल्न नसकिने लाखौं शब्दहरु बालेर सरकारलाई नै ढालेको उदाहरणहरु पनि रहेको बताए।

    प्रदर्शनीको सभामुख अग्नी प्रसाद सापकोटा र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेले अवलोकन गरेका थिए।


    तेस्रो आँखा