• ट्रेण्डिङ्ग :
पल शाह प्रकरण : ‘पीडित’ नाबालिगले बयान फेरिन्

पल शाह प्रकरण : ‘पीडित’ नाबालिगले बयान फेरिन्


  • 10.5K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    पल शाह प्रकरण :  ‘पीडित’ नाबालिगले बयान फेरिन्

    काठमाडौं, ४ वैशाख । पीडित नाबालिकले अभिनेता पल शाहले बलात्कार नगरेको बयान दिएकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् ।

    images

    पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु सत्य नभएको र अरु कसैको उक्साहटमा लेखिएको जिकिर अदालत स्रोतले जनाएको छ। उनका बुबाले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए। शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन्।

    नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका कानुन व्यवसायीको भनाइ छ । ती कानुन व्यवसायीकाअनुसार पीडित होस्टाइल भएर बयान दिएकी छन्, तर  बकपत्रमा हस्ताक्षर भइसकेको छ । 

    बयान फेर्नेलाई ६ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । 


    तेस्रो आँखा