• ट्रेण्डिङ्ग :
राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जाने - अध्यक्ष लिङ्देन

राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जाने - अध्यक्ष लिङ्देन


  • 7.0K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जाने - अध्यक्ष लिङ्देन

    काठमाडौं, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग  कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे । 

    images

     उनले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित हासिल गर्ने दाबी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने बित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्रसमेत घोषणा गर्ने बताए । उनले भने ‘राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनःस्थापना गर्ने थियो ।’

     उनले राजसंस्था स्थापनाका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउने बित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना हुने बताए । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ थियो । 


    तेस्रो आँखा