• ट्रेण्डिङ्ग :
उम्मेदवार छनाेट प्रक्रिया र घाेषणापत्रबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

उम्मेदवार छनाेट प्रक्रिया र घाेषणापत्रबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै


  • 6.9K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    उम्मेदवार छनाेट प्रक्रिया र घाेषणापत्रबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

    काठमाडौं, ५ बैशाख । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रिया र घोषणात्रबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको हो।  

    images

    एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्यशाखा आयोजना गरी प्रतिबद्धतापत्र तयारीका संयोजनका लागि हरेक पालिकाका लागि दुई दुई जनालाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण प्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

     गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो भने चैत १६ गते अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गरेका थिए। घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरिएको छ ।


    तेस्रो आँखा