सिट बाँडफाँड गर्न सत्ता गठबन्धको बैठक बस्दै, सहमति नभए ‘मित्रवत प्रतिष्पर्धा’ हुने  

सिट बाँडफाँड गर्न सत्ता गठबन्धको बैठक बस्दै, सहमति नभए ‘मित्रवत प्रतिष्पर्धा’ हुने  


  • 11.8K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 18.1K Views

    सिट बाँडफाँड गर्न सत्ता गठबन्धको बैठक बस्दै, सहमति नभए ‘मित्रवत प्रतिष्पर्धा’ हुने  

    काठमाडाैं,५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनको सिट बाँडफाँडका लागि सत्ता गठबन्धनबीच जारी बैठक आजपनि बस्दै छ । आजको छलफलले महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँड टुंगो लगाउनेगरी बैठक बस्न लागेको हो । नेताहरुले आजको बैठकबाट सिट बाँडफाँडमा कुरा मिल्ने बताएपनि हिजो सम्मको सिनारियो हेर्दा मिल्ने सम्भावना कम देखिएको छ । गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने र सिटको बाँडफाँडबारे निर्णय हुनसक्ने नेकपा माओवादीका नेता देव गुरुङले बताए ।

    images

    नेपाली कांग्रेस बाहेकका साना दलहरुले सांगठनीक हैसियत भन्दा बढी सिटमा दाबी गर्न नछाडेपछि निर्णयमा पुग्न ढिला भएको बताइएको छ । महानगर र उपमहानगरपालिकामा भागबण्डा गर्ने गरी गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिमा भइरहेको छलफल निष्कर्षमा पुगेको छैन । गठबन्धन घटक दलका आ–आफ्नै अडानले तालमेल थप पेचिलो बन्दै गएको छ । गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति छ । हिजोको बैठकमा माओवादी, समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दाबी गरेका छन् । माओवादीले भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका, जितपुर सिमरा उपमहानरपालिका, घोराही उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर पदको दाबी गरेको छ ।

    एकीकृत समाजवादीले पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहानरपालिका आफूलाई चाहिने बताएको छ । बुटवलमा पनि नेकपा एसको दावी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा उपमेयर मागेको छ । त्यस्तै वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जसपाको दाबी छ । धरान उपमहानगरपालिकामा पनि जसपाले दाबी कायमै राखेको छ । ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रित चैरहदा साना तीन दलले १३ वटाको नेतृत्व खोजेपछि नेपाली कांग्रेसभित्र सबैठाउँमा पमित्रवत प्रतिष्पर्धाको कुरा उठीरहेको छ ।

    जनमत कम भएका दलहरुले ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा मागेपछि कांग्रेसल त्यसलाई मानेर  जाने पक्षमा छैन् । आम कार्यकर्ताको भावना अनुसार प्राय धेरै ठाउँमा गठबन्धन दलभित्रै मित्रवत प्रतिष्पर्धा गरेर जाने लहर चलिरहदा महानगरपालिका र उपमहानगरपालिकामा समेत मित्रवत प्रतिष्पर्धामा जाने निर्णय हुन सक्ने आँकलन गरिएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।  सबै तहको नेतृत्वमा कांग्रेसको दावी स्वतः रहने नेपाली कांग्रेसका बरिष्ठ नेता तथा गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले बताइसकेका छन् । कांग्रेसले स्थानीय तहको अवस्था र आवश्यक्ता अनुसार चुनावी तालमेल गरेर जाने निर्णयअनुसार धेरै स्थानीय तहमा गठबन्धन दलहरुबीच मित्रवत प्रतिष्पार्धाको सहमति समेत भइसकेको छ ।

    प्रत्येक जिल्लामा बनाइएका गठबन्धका संयन्त्रको छलफल जारी रहेको छ । केही ठाउँहरुका कुरा मिलेपनि धेरै स्थानीय तहमा सिट बाँडफँडमा कुरा मिल्न सकेको छैन् । ती स्थानीय तहमा गठबन्धन भित्रै प्रतिष्पर्धा हुनेछन् ।  केन्द्री निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकमा समेत कुरा नमिले महानगरपालिका र उयप महानगरपालिकामा समेत फ्रेन्ली प्रतिष्पर्धा हुने भएकाले त्यही अनुसार तयारी गर्न कार्यकर्तालाई नेताहरुले सुझाएका छन् ।  

  • सम्बन्धित विषय:

  • # गठबन्धन बैठक

  • जीवन शर्मा
    लेखकबाट थप